मायादेवी अनलाइन, वाणगंगा ।
संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको कांग्रेस नेताहरुले बताएका छन् ।
यस्तै कपिलवस्तुका पनि प्रत्येक निर्वाचन क्षेत्रमा प्रदर्शन भएको छ । त्यस अन्तर्गत क्षेत्र नम्बर १ अन्तरगत जितपुरमा भएको प्रर्दशनमा सयौँ नेता कार्यकर्ता उपस्थित भए ।
बुद्धरंगशालाबाट सुरु भएको विरोध र्याली जितपुरमा आइ कोण सभामा परिणत भएको थियो ।
विरोध प्रर्दशनलाई क्षेत्र नम्बर एकका नेपाली कांग्रेस प्रतिनिधी सांसद अतहर कमाल मुसलमानले सम्बोधन गर्नुभएको थियो ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया