८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रचण्डलाई भेटेपछि चिनियाँ टोली नेपालसँगको वार्तामा



काठमाडौँ ।

नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा प्रचण्ड–नेपाल खेमा का अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिरहेको छ । खुमलटार पुगेर सो खेमाका अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसँग झण्डै दुई घण्टा छलफलमा जुटेपछि चिनियाँ टोली नेपालसँगको भेटमा जुटेको हो । भेटको स्थान भने गोप्य राखिएको छ ।

प्रचण्डसँगको भेटमा चिनियाँ टोलीले नेकपाको एकतामा जोड दिएको बुझिएको छ । यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा नेकपा ओली खेमा का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।

आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ । नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो । चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७ सोमबार ००:००  ११ : ५३ बजे