८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लिभरपुललाई पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमले रोक्यो



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेलेको हो । १२ औँ मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लिएको थियो ।

तर ८२ औँ मिनेटमा सेमी एजायीले वेष्ट ब्रोमका लागि बराबरी गोल फर्काएका हुन् । बराबरीपछि शीर्ष स्थानको लिभरपुलको १५ खेलबाट ३२ अंक भएको छ । पुछारबाट दोस्रो स्थानको वेष्ट ब्रोमको १५ खेलबाट ८ अंक मात्रै भएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७ सोमबार ००:००  ७ : ५४ बजे