८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

संसद विघटनको विरुद्धमा आज कांग्रेस कपिलवस्तु सडकमा उत्रदै



मायादेवी अनलाइन, वाणगंगा ।
प्रतिनिधि सभाको संसद विघटनको विरुद्धमा नेपाली कांग्रेस कपिलवस्तुले सोमबार (आज) जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै छ ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको स्विकृतीमा प्रतिनिधिसभा विघटन भएको थियो । सोही कदमको विरुद्धमा कांग्रेसले सडक संघर्ष गर्न लागेको हो ।

कांग्रेस कपिलवस्तुले जिल्लाका सबै निर्वाचन क्षेत्रमा संसद पुर्नस्थापनाको माग गर्दै विरोध गर्ने तयारी गरेको बताएको छ । सोही अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेसले विरोध तथा प्रर्दशनका लागि सबै कार्यकर्तालाई उपस्थित हुन आह्वान गरेको छ ।

निर्वाचन क्षेत्र नं. १ का सचिव प्रेमनारायण पौडेलले कांग्रेस कार्यकर्ता तथा भातृसंगठनलाई प्रर्दशनमा सहभागी हुन सर्कुलर जारी गरिएको बताउनुभयो ।

विरोधका कार्यक्रम अन्र्तगत कांग्रेसले आज बिहान ११ बजे वाणगंगा नगरपालिकाको चारनम्बर जितपुर स्थित बुद्धरंगशालाबाट विरोध प्रर्दशन तथा ¥यालीको तयारी गरेको पौडेलले बताउनुभयो । जितपुर चोकमा विरोध सभा समेत आयोजना गरी प्रतिनिधि सभा पुर्नस्थापनाको माग गरिने पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभाको विघटन गर्नु असंवैधानिक र आलोकतान्त्रिक कदम भएको बताएको छ । त्यसका बिरुद्ध देशभर संघीय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एक साथ प्रर्दशन गर्ने निणय समेत गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७ सोमबार ००:००  ७ : ४६ बजे