८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अदालतले संसद पुनःस्थापना नगरे जनताले गर्छः घनश्याम भुसाल



बुटवल ।
नेकपा नेता घनश्याम भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

रूपन्देहीको तिलोत्तमामा नेकपा रूपन्देही (प्रचण्ड–नेपाल) समूहले गरेको जिल्ला भेलामा सहभागी हुन आएका भुसालले पत्रकारहरूसँग कुरा गर्दै प्रतिनिधि सभा पुनर्स्थापना नभएमा मुलुक सत्यानासतिर जाने बताउनुभयो ।

उनले भने, ‘अफ्रिकाका केही मुलुकमा बाहेक अरू मुलुकमा जनमत र संविधानको पालना नहुने सुनेको छैन मैले। त्यसैअनुसार हामीकहाँ अझैपनि संविधान र जनमतको सम्मान गर्न, स्थीरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्छ ।’

उनले अदालतले सरकारको दबाबमा प्रतिनिधि सभा पुनर्स्थापना नगरे जनताले पुनस्थापना गर्ने बताए । उनले आफूहरू पार्टी र मुलुकलाई अस्थिरतातर्फ धकेल्न नखोजेको बताउँदै पार्टी बचाइराख्न खबरदारी थालेको बताए ।

प्रकाशित मिति : १३ पुस २०७७ सोमबार ००:००  ७ : ३९ बजे