८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाणगंगा वडा नम्बर २ को ज्येष्ठ नागरिक सम्मान, मुस्कुराइन् १०२ बर्षकी आमा !



मयादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । आइतबार वडा कार्यालय पिपरामा कार्यक्रमको आयोजना गरी ८० बर्ष माथिका ९२ जना ज्येष्ठ नागरिकलाई पोषकतत्व र दोसल्लाले सम्मान गरेको हो ।

प्रमुख अतिथि नगरका उपप्रमुख चक्र अर्यालले १०२ बर्षकी आमालाई दोसल्ला ओढाई १ किलो च्वनपरास दिएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सम्मानपछिको कार्यक्रममा बोल्दै नगर उपप्रमुख अर्यालले सबै नगरबासीप्रति नगर प्रतिवद्ध रहेको बताउनु भयो । वृद्धवृद्धा आमाबुबाप्रति नगरले सधैँ सम्मान भाव राख्ने भन्दै उहाँहरुको उचित संरक्षण र रेखदेखमा परिवारले नै विशेष ध्यान दिनु पर्ने उहाँको भनाई छ ।

वडाध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेलले ज्येष्ठ नागरिकलाई धेरै गर्न नसकिए पनि यो सम्झना मात्र भएको बताउनु भयो । पछिल्लो समय आमाबुबाप्रति सन्तानको कर्तव्य हराउँदै गएकाले नयाँ पुस्तालाई कर्तव्यबाट च्यूत नहुन उहाँले सुझाउनु भयो ।

No description available.

कोरोनाको कारण लक्षित वर्गका कार्यक्रम संचालन हुन नसकि रहेको अवस्थामा वडाले अब कोरोनासंग डराएर नहुने भन्दै यससंगै द्रुत गतिमा वडाका काम सुरु गरिएको उहाँले बताउनु भयो । सम्मान पाएपछि कार्यक्रममा आएका आमाबुबा मुस्कुराएका छन् । वडाले यति भए पनि सम्झने काम गरेकोमा ज्येष्ठ नागरिकले वडाध्यक्षलाई धन्यबाद पनि दिए । वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलको सञ्चालन तथा वडा सदस्य विमला परियारको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्याल लगायतको सहभागिता थियो ।

No description available.

प्रकाशित मिति : १२ पुस २०७७ आइतबार ००:००  ६ : ३६ बजे