मयादेवी अनलाइन, चार नम्बर ।
नेपाल किसान ट्याक्टर समिति कपिलवस्तुको महा-सचिवमा झविन्द्र खनाल निर्विरोध चयन हुनु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा जारी समितिका आठौँ अधिवेशनले महा-सचिव पदमा खनाललाई निर्विरोध चयन गरेको हो ।
यद्यपी महा-सचिवमा वडा नम्बर ८ का सन्तोष मरासिनीले पनि उम्मेदवारी दिनु भएको थियो । दुई उम्मेदवारबीच चुनाव हुने स्थिति भए पनि अन्तिममा सहमतिबाट महा-सचिव पदको टुङ्गो लागेको हो । यस्तै समितिको कोषध्यक्षमा विष्णु गिरी पनि निर्विरोध चयन हुनु भएको छ । समितिको अध्यक्षको भने अझै छिनोफानो भएको छैन । अध्यक्ष पदमा शंकर पौडेल र मनोहर कुमार योगी बीच चुनाव हुने छ ।
प्रतिक्रिया