८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेकपा कपिलवस्तुमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको दाबी



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुमा प्रचण्ड–माधव समूहको बहुमत देखिएको छ । नेकपा कपिलवस्तुद्धारा आइतबार गोरुसिंगेमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उपस्थित जिल्ला सचिवालय र जिल्ला सदस्यहरुको संख्याले बहुमत संख्या देखाएको हो ।

नेकपाका जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले आज कार्यक्रममा आफुहरु पक्षका बहुमत नेता उपस्थित रहेको दाबी गर्नुभयो । जिल्ला सचिव शाहले बताए अनुसार जिल्लाका बहुमत सचिवालय र बहुमत जिल्ला सदस्यहरु भेलामा उपस्थिती रहेको थियो ।

नेकपा कपिलवस्तुमा कूल १ सय ५६ जनाको कमिटी छ । जिल्ला सचिव शाहको दाबी अनुसार यो संख्याको बहुमत संख्या प्रचण्ड–नेपाल समूहमा देखिएका छन् ।

नेकपाको तेस्रो केन्द्रिय कमिटी बैठकले देशभर कार्यकर्ता प्रशिक्षण भेला राख्ने पूर्व निर्धारित कार्यक्रम बमोजिम कपिलवस्तुमा जिल्लास्तरीय भेला गोरुसिंगेमा भएको हो ।

भेलामा प्रचण्ड पक्षिय जिल्ला र पालिका स्तरीय नेता शतप्रतिशत रुपमा उपस्थित भएपनि पूर्व एमाले पक्षिय नेता कम उपस्थित थिए । जिल्लाका अधिकाशं पूर्व एमालेका नेता अहिले मौन बसिरहेका बेला आइतबारको भेलामा कम उपस्थित भएका हुन् ।

भेलामा पार्टी स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’, केन्द्रिय सदस्यदोय गिरधारीलाला न्यौपाने, डोर प्रसाद उपाध्याय, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी लगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेताहरुले प्रधानमन्त्री ओली पार्टी एकताको मर्म विपरित उभिएर जनता माझ चुनावताका गरेको प्रतिवद्धतामाथि गम्भीर घात गरेको भन्दै प्रतिनिधिसभा विघटन गरेपश्चात ओलीलाई पार्टीले कारबाही गरेको बताएका थिए ।

प्रकाशित मिति : १२ पुस २०७७ आइतबार ००:००  ५ : २८ बजे