मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगामा अवस्थित राजापानी सामुदायिक बन पर्यापर्यटनको दिशामा अगाडि बढेको छ ।
झण्डै एक दशक देखि बनभोज स्थलको रुपमा परिचय कमाएको राजापानीमा नेपाल सरकारको निती बमोजिम सामुदायिक बनमा पर्यापर्टन प्रवर्धन कार्यविधि २०७५ अनुसार काम अगाडि बढाइएको हो ।
शनिबार पत्रकार सम्मेलनमा बनका अध्यक्ष ढाकाराम अधिकारीले हालसम्म बनमा भएका काम र भावि योजनाका बारेमा जानकारी दिनुभयो ।
सामुदायिक बनको स्रोत भनेको काठ दाउरा मात्र हो भन्ने मान्यतालाई चिर्दै बनको जैविक विविधतालाई खलल नपुग्ने गरी पर्यापर्यटनको अवधारणा अगाडि सारेर आर्थिक समृद्धिको दिशामा आफुहरु अगाडि बढेको बताउनुभयो ।
पौराणिक तथा ऐतिहासिक रुपले राजापानी चिनिदै आएपनि आजभोलि यो स्थान बनभोजस्थलका रुपमा परिचित छ । यसका अलवा बार्षिक १२ लाख आम्दानी गर्ने उद्धेश्यले राजापानीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी काम भैरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।साथै उहाँले अपाङ्ग, जेष्ठ नागरिकबाट शूल्क नलिने र विद्यार्थीलाई कार्डको आधारमा पचास प्रतिशत छुटको व्यवस्था रहेको उहाँले बताउनुभयो ।
आगामी ५ बर्षमा बनबाट बार्षिक करोड बढी आम्दानी गर्ने गरी पर्यापर्यटनको दिशामा बन गएको भन्दै अब बनभित्र प्रवेश गर्ने प्रति व्यक्ति २० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
राजापानीमा ऐतिहासिक पानीको मुहानका अलवा विभिन्न प्रजातिका बन्यजन्तु रहेका छन् । शान्त रमणीय वातावरण रहेको यस स्थानमा दिन कटाउने गरी आन्तरिक पर्यटक आउने गरेका छन् ।
बार्षिक चार जनालाई प्रत्यक्ष रोजगारी दिएको बनले बार्षिक ४ सय दिन अरु श्रमिकलाई रोजगारी पनि दिदैं आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
कार्यक्रममा बनकी सचिव सीता पौडेलले सामुदायिक बनले गरेका कामको आ–आफ्ना मिडियाबाट प्रचारप्रसार गर्न आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया