९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पार्टी विभाजन हुने भएपछि सांसद पन्थी भावुकः फेसबुकमा लेखे ‘सिकन्दर’को कथा



मायादेवी अनलाइन, चार नम्बर
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजनको संघारमा पुगेको नेकपा विवादलाई थामथुम पार्न यतिबेला देशभरका तल्लो तहका नेताले हरदम प्रयास गरिरहेका छन् । हिजो र आजका बिभिन्न गतिविधि, नेताका अन्तर्वार्ता र लेख सुन्दा पढ्दा विगत सबै विर्सेर अझै पनि मिल्दा नै पार्टी बच्ने धारणा आइरहेका छन् ।

यसै सन्दर्भमा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि पुनः मिल्नुको विकल्प नभएको बताउँदै भावुक फेसबुक स्टाटस लेख्नु भएको छ । सोमबार बुटवलमा भएको एक कार्यक्रममा ओली कदम विरुद्ध कड्किनु भएका पन्थीले मंगलबार विहानै भने अलिक नरम र भावुक स्टाटस लेख्नु भएको छ । आज बोलाईएको दुवै वैठकका अध्यक्षद्धयकै वैठकमा दुवैको आलोचना गरी अगाडी बढ्न नेताहरुलाई अनुरोध गर्दै उहाँले सिकन्दरको कथाबाट धेरै कुरा सिक्न समेत नेतृत्वलाई अनुरोध गर्नुभएको छ ।

उहाँ लेख्नुहुन्छ ‘नेकपाका आज दुई ठाउमा केन्द्रिय कमिटी बैठक बोलाइएको छ । कोरोनाको बेलामा दुई अध्यक्ष भएको पार्टीलाई बल्ल काम लाग्यो । दुई बैठक लाई कोरोना स्वास्थ प्रोटोकल संझनु पर्दछ अनि यता ओली कमरेडको अध्यक्षतामा बस्ने बैठकले उहाँलाई आलोचना गरौं र सदन विघटनको बिरोध गरौं । साथै फिर्ता गर्ने निर्णय गरौ । उता प्रचण्ड कमरेडको नेतृत्वमा बस्ने बैठकले उहाँको आलोचना गरौं र उहाले बाडेको त्यो पत्र फिर्ता गर्ने निर्णय गरौ । दुबै तर्फबाट केन्द्रिय सदस्य रहेको ५र५ सदस्यीय बार्ता समिति गठन गरि समस्याको निकास निकास निकालौ ।

मुलुक जनता पार्टी र कार्यकर्ताको लागि आफ्नो स्वार्थ त्याग गरौं । सिकन्दर महान दुनियाँ जित्न युद्धमा जाने बेलामा आफ्नो गुरुसंग पुगेछ्न र भने “मलाई जितको आशिर्वाद दिनुस “गुरुले भनेछ्न “जितेर के गर्छौ त ? “सिकन्दरले भने “गुरु ग्रीसमा आएर आराम संग बस्छु ।” गुरुले फेरि भने-“यही आएर आराम संग बस्न लाई किन दुनियाँलाई मार्छौ र यो तिम्रो सेनालाई किन दुख दिन्छौ ? तिमी अहिले नै आराम संग बसेका छौ होईन र ?” गुरुको कुरा सुने पछि डराउदै गुरु लाई केहि सेवा गर्नु छ कि भनेर कुरा मोडेछ्न ।

नदि किनारमा बालुवामा सुतेका गुरुले घाम नछेक अलि उता हट त्यति सेवा गर अरु पर्दैन । संयोग बस त्यो लडाइबाट ऊनी जिवित फर्कन सकेनन उनको आराम संग बस्ने सपना सदका लागि अधुरै रह्यो । यो पाठ बाट सिकौं , त्यस्तै सबै चिज अहिले नै पाइरहेका छौ भने अब फेरि थप के पाउन कार्यकर्तालाइ दुख दिने ? र जनतालाई किन निराश बनाउने ? कुनै तर्क दिएर यस्तो उल्लु काम नगरौँ । नेकपा जिन्दावाद । जनता जिन्दावाद ।’

प्रकाशित मिति : ७ पुस २०७७ मंगलबार ००:००  ७ : २८ बजे