९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सानेपामा सर्वदलीय बैठक, बहुमत पुर्‍याएर ओलीको कदम फिर्ता गराउने रणनीति



काठमाण्डौ ।

संसद् विघटनपछिको अवस्थाको समीक्षा र रणनीति तय गर्न सर्वदलीय बैठक सुरु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा का शीर्ष नेता सहभागी छन् ।

सर्वदलीय बैठकमा संसदमा बहुमत पुर्‍याएर अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीको गैरकानुनी कदम फिर्ताको रणनीति बनाउने नेकपाका एक नेताले जानकारी दिएका छन् । नेपाली कांग्रेस र जसपाले यसअघि नै दलको बैठकमार्फत संसद् विघटनको विरोध गरिसकेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७७ सोमबार ००:००  ५ : ५१ बजे