काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले सोमबार ३ बजे नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको सिफारिस राष्ट्रपति कार्यालयबाट स्वीकृत भएको थियो।
प्रतिक्रिया