काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्ना हातखुट्टा बाँधिदिएर काम नै गर्न नदिएको बताएका छन्। काठमाडौंमा उपलब्ध आफ्नो समूहनिकट सांसदहरुलाई बालुवाटारमा बोलाएर संवैधानिक रिक्तता निम्त्याएर देशलाई संकटतर्फ लैजान खोजेकाले संसद विघटनसम्मको अप्रिय कदम चाल्नुपरेको बताएका छन्।
प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा रहनु भएका सांसदहरुलाई अहिले भइरहेको पार्टीको अन्तरद्वन्द्व, विवाद र प्रतिनिधिसभा विघटनको अवस्थाबारे ब्रिफिङ गर्नुभयोु, सांसद राजेन्द्र गौतमले थाहाखबरसँग भने, अन्य कुनै उपाय नभएपछि संसद विघटनको कदम चाल्न बाध्य हुनुपरेको हो। आफ्नै पार्टीका नेताहरुले सरकार चलाउन दिएनन्। प्रधानमन्त्रीका हातखुट्टा बाँध्ने र संविधान कार्यान्वय गर्न नदिने खेल भएपछि ताजा जनादेशमा जान बाध्य भएको हुँ।
ओलीले संविधान कार्यान्वयन भएको पाँच वर्ष बितिसक्दा पनि कयौँ संवैधानिक निकायमा पदपूर्तिको पटक पटकको प्रयासमा पार्टीकै नेताहरुले भाँजो हालेको बताएका छन्। संवैधानिक निकायमा मनोनयन प्रक्रिया गर्न नदिने काम भयो। पार्टीबाट नाम नदिएर सरकारलाई काम गर्न नदिने परिस्थिति सिर्जना गरियो, उनले भने, पार्टी एकता बचाउने भन्दा भत्काउने खेल धेरै भयो। वरिष्ठ नेताहरु नै जसरी पार्टी पार्टी भत्काउन खोज्ने अभियानमा लागे। प्रधानमन्त्रीलाई जसरी पनि कारवाही गर्न खोज्ने नियतले अघि बढे।
पार्टी एकता बचाइराख्न आफूले हरसम्भव प्रयास गरेको उनले बताएका छन्। ुपार्टी एकता बचाउन अनेक प्रयास गरियो तर वरिष्ठ नेताहरु जसरी पनि पार्टी फुटाउने अभियानमा लागिरहेु, उनले भने, पार्टीको पहिलो अध्यक्ष तथा प्रधानमन्त्रीलाई नै कारवाही गर्न, हातखुट्टा बाँध्ने काम भयो, कामै गर्न दिएनन्।
सांसद गौतमले प्रधानमन्त्रीले अहिलेसम्मको अवस्थाबारे विष्लेशण गरे पनि भावी रणनीतिबारे केही जानकारी नदिएको बताए। अब प्रचण्ड-माधवजीहरुले संसदीय दलको पनि बैठक डाक्नु भएको रहेछ। दलका नेता(उपनेता दुवै यतै हुनुहुन्छ, अनि कसरी हुन्छ बैठकरुु, गौतमले भने, उहाँहरुले चाल्ने कदमको प्रतिक्षामा हामी छौं, त्यसपछि उचित रणनीतिसहित हामी अघि बढ्छौं।
प्रतिक्रिया