काठमाडौं ।
संसद विघटन भइसकेपछि विभाजनको मुखमा पुगिसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा समूहगत भेला तीव्र भएका छन्। आइतवार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्ष नपुग्दै संघीय संसद विघटन गरीदिएपछि विभाजनको तयारीमा रहेको नेकपामा समूहगत भेला तीव्र भएका हुन्।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेता र सांसदहरुलाई बालुवाटारमा बोलाएका छन्। अर्कातिर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँबानेश्वरस्थित संसद भवनमा आफ्नो समूहको भेला डाकेको छ।
अर्कातिर नेकपामा निर्णायक मानिने नेता रामबहादुर थापा बादलले आफ्नो समूहका नेताहरुलाई मन्त्री क्वाटर पुल्चोकमा बोलाएका छन्। बालुवाटार र संसद भवन दुवैतर्फको भेलामा नगइ पुल्चोकमा बसिरहेका बादलले आफूनिकट नेताहरुसँग भावी रणनीतिका लागि छलफल गरिरहेका हुन्। जहाँ बादलसहित ४० जना बढी नेताहरु जम्मा भएका छन्।
प्रतिक्रिया