९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट २ हप्ता धकेलियो



काठमाडौँ ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता दुई हप्ताका लागि सर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पुष ११ बाट आयोजना गर्ने तयारी गरेको प्रतियोगिता दुई हप्ताका लागि सार्ने भएको हो ।

आर्थिक अभाबका कारण पुरुषको प्रतियोगिता सरेको बताइएको छ । आईसीसीबाट बजेट क्यानमा नआएको कारण पुरुष पीएम कप दुई हप्ता सारिएको जानकारी आएको छ ।स्रोतले भन्यो, महिलाको पीएम कप भने तोकिएको समयमा नै हुने छ ।

पुरुष पीएम कप काठमाडौँ र मुलपानीमा पुष ११ बाट आयोजना गर्ने तयारीमा क्यान रहेको थियो ।महिलाको प्रतियोगिता भने दाङको लमहीमा आयोजना हुने छ ।

पीएम कपको लागि हाल धमाधम जिल्ला र प्रदेश छनोट हुँदै आएको छ ।क्यानले समेत सो छनोटको लागि जिल्ला र प्रदेशलाई बजेट समेत उपलब्ध गरि सकेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७ सोमबार ००:००  ८ : २७ बजे