९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुका एक नेताले भने नेकपा फुट्यो, वैशाखमा एमाले सूर्य चिन्ह लिएर आउँछ



मायादेवी अनलाइन, चार नम्बर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशादमा मध्यावधि चुनावको घोषणा गरेसंगै यसको पक्ष र विपक्षमा कुराहरु आउन थालेका छन् । केही शर्मा ओली समर्थक मन्त्री, नेता कार्यकर्ताले संसद विघटनको कदमको स्वागत गरेका छन् भने नकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरहरुले यसको घोर विरोध गरेका छन् ।

यसैबीच कपिलवस्तुका एक जना पाका नेताले एक प्रकारले पार्टी फुटेको बताएका छन् । मायादेवीसंग संक्षिप्त कुराकानी गर्दै नाम नबताउने सर्तमा ती नेताले भने ‘नेकपा अब फुट्यो । आगामी वैशाखको चुनावमा अब एमाले पार्टी आउँछ । चुनाव चिन्ह लिएर आउँछ ।’

सो पार्टीको नेतृत्व अब प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ? भन्ने मायादेवीको प्रश्नमा उनले भने ‘त्यो कुरा नसोध्नुस्, ओलीले पनि गर्न सक्नु हुन्छ । यत्ति बुझ्नुस् । पार्टी फुट्यो । केही दिनमा यो थाहा हुन्छ ।’

ओलीलाई घेराबन्दीमा पारेर काम गर्न नदिइएपछि अध्यक्ष ज्यूले यो कदम उठाउनु भएको हो । यसलाई लोकतन्त्रमा अनौठो मान्न पर्दैन, उनले बताए ।

ओलीका कट्टर समर्थक मानिने उहाँले अब प्रचण्डलाई अध्यक्ष स्विकार्न नसकिने बताए । माधव नेपाल प्रचण्ड नै भएको बताउँदै उनले अब ओलीसहितको एक पार्टी र नेपाल, दाहालको अर्को पार्टी भएको बताए ।

यो स्थिति आउनुमा प्रचण्डको भन्दा पनि आफ्नै नेता नेपालको मुख्य हात रहेको भन्दै सामान्य स्थितिमा ओली र नेपालको मिलन हुन नसक्ने उनको दाबी छ ।

मिल्नै नसक्ने भन्ने होइन, तर नेपाल झुकेर माफी माग्दै ओलीसंग आए भने एमालेमा समाहित हुन सक्नु हुन्छ, उनको भनाई छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीबाहेक अन्य नेता त्यति खुल्न सकेका छैनन् ।

प्रकाशित मिति : ६ पुस २०७७ सोमबार ००:००  ६ : २५ बजे