मायादेवी अनलाइन, चार नम्बर ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध कपिलवस्तुमा पनि प्रदर्शन भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षक विद्यार्थी संगठनले आज प्रदर्शन गरेका हुन्।
देशब्यापी रुपमा ओलीविरुद्ध प्रदर्शन, विरोध र आलोचना भइरहेको अवस्थामा जिल्लाका बोडगाउँ, गोरुसिंगे, चन्द्रौटा, तौलिहवा, कृष्णनगर लगायतका क्षेत्रमा चर्को नाराबाजीसहित प्रदर्शन गरेका नेता शिव वञ्जाडेले जानकारी दिनुभयो ।
ओलीले नेपाली जनताले दिएको जनमतमाथि लात हानेको भन्दै यसले संविधानको ठाडो उपहास भएको प्रदर्शनमा सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया