कविता
मलाई याद छ
त्यो बेला
धेरैले उनलाई विमारी भने
रोगी भने
जिर्ण अनि थकित शरीर लतारेर
घ्यारघ्यार गर्दै गर्दै हिँडिरहेको भनी
औधी खिसीट्यूरी गरे
तर उनी त्यतिखेर विमारी थिएनन्
कतिपयले भने
उनको फोक्सो छैन
उनको मृर्गौलाले काम गर्दैन
मुटुका चाल बन्द भएको छ
आँखाका नानीहरु सुकीसके
कतैकतै त सुनिथ्यो
उनी पागल भए
बौलाहा भए
मूर्ख भए
कतिकतिखेर लाग्थ्यो
उनी साँच्चै पागल नै भए
किनकि
त्यस्तै गतिविधि आइरहन्थे पनि
उनैको घरमा आगो लाग्यो
कालो बादल मडारियो
चट्याङ परेन कि ?
कोसंग लडेनन्
कससंग भिँडेनन्
समयको पदचापसंगै
त्यही थकित शरीरमाथि
भूकम्प आयो
बाढी पहिरो आयो
कोरोना आयो
आए अरु धेरै परकम्पहरु
तर उनलाई
न त्यो भूकम्पले हल्लायो
न ती परकम्पले थर्काए
न उनी थाके
न मुटुको चाल बन्द भयो
न फोक्सो सुक्यो
न उनका धमनी, शिरा र तन्तु चुँडिए
उनी सती साल झैँ
ठिङ्ग उभिरहे
यसरी उभिरहेछन्
आज उनको छायाँ देख्नासाथ
जो कोही
तर्सन्छ
मुर्छा पर्छ
भकानिन्छ
अत्तालिन्छ
किनकी उनी
कहिल्यै विमारी थिएनन्उनी त ऐतिहासिक पो बने
इतिहासमा नाम लेखाए
५ पुस २०७७ आइतबार ००:००
368
Shares
प्रतिक्रिया