काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग मन्त्री लेखराज भट्टले कित्ता क्लियर पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिस गरेपछि प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीहरुले सरकारबाट राजीनामा दिएका थिए । तर पूर्व माओवादीबाट मन्त्री बनेका थापा र भट्टले राजीनामा दिएनन् ।
शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीको क्वाटर बालुवाटार पुगेका थिए । थापा सरकारमा सामेल भएसँगै प्रधानमन्त्री ओली निकट बनेका थिए। तर अन्तिम समयमा थापा र भट्टले सरकारमै बस्ने निर्णय लिएका हुन् । नेकपाको सचिवालय बैठकमा समेत थापाले प्रधानमन्त्री ओलीको पक्षमा धारणा राख्ने गरेका थिए ।
तर झम्सिखेलमा प्रधानमन्त्रीलाई हटाउन गरिएको भनिएको भेलामा सहभागि भएर उनले प्रचण्ड खेमामै रहेको जनाउ समेत दिएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थायी समिति बैठकमा पेश गरेको कागजमै थापा र भट्टलाई हटाउन प्रचण्डले आफूलाई भनेको उल्लेख गरेका थिए ।
त्यस्तै सुदुरपश्चिममा भीम रावलसँग प्रचण्ड नजिकिएपछि भट्ट ओली कित्तामा पुगेका थिए । अन्ततः प्रचण्डसँग टाढिएका थापा र भट्टले ओली कित्तामा पुगेको स्पष्ट पारिदिएका छन् ।
प्रतिक्रिया