९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक चल्दै



काठमाण्डौ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।
बालुवाटारमा भइरहेको बैठकमा संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे छलफल भइरहेको र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियोे । उहाँको प्रस्तावलाई राष्ट्रपति कार्यालयले स्वीकृत गरी २०७८ सालको वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको आम चुनाव गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७७ आइतबार ००:००  ३ : १५ बजे