काठमाडौँ । नेपाली सेनाका मुख्य सैनिक अधिकृत (पीएसओ) बिच समसामयिक परिस्थिति र त्यसले निम्तिन सक्ने सुरक्षा अवस्थाबारे छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष बुझाएपछिको सुरक्षा अवस्थाबारे विश्लेषण गर्न बैठक बसेको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले पीएसओको बैठक असामान्य नरहेको बताएका छन् । उनले देश सञ्चारसँग भने, ‘पीएसओको बैठक नियमित रुपमा बस्ने गर्छ, यो असामान्य होइन । बैठकमा समसामयिक परिस्थितिबारे पनि छलफल हुनु सामान्य हो ।’
उनले बैठकमा समसामयिक अवस्था र त्यसको सुरक्षा जोखिमबारे विश्लेषणात्मक छलफल भएको संकेत गरे । पीएसओ बैठक र अहिले देशमा विकास भएको राजनीतिक परिवेश संयोग मात्रै रहेको सैनिक प्रवक्ता पौडेलले बताए ।
यस विषय सामान्य भए पनि राजनैतिक कुको अवस्थातर्फ मुलुक अघि बढेको भन्दै सर्वसाधारणदेखि माथिल्लो तहसम्म सैनिक कु बारे चर्चा हुन थालेको छ । यद्यपी कतिपय जानकार अब मुलुकमा सैनिक शाषनको विकल्प नरहेको बताउँछन् ।
प्रतिक्रिया