९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीलाई अनुशाषनको कारबाही गर्ने तयारी, जानकार भन्छन् यो त लगनपछिको पोते भयो



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् ।

यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी एवं संसदीय दलको बैठक बस्न सक्ने एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘हामी बैठकका लागि बालुवाटार जाँदैछौं । बैठकमा प्रधानमन्त्रीमाथि अनुशासनको प्रश्न उठ्न सक्छ । केही जानकारका अनुसार अब पार्टीको अनुशाषनको कारबाहीको कुनै अर्थ नरहेको बताउँछन् । राजनीतिशाष्त्री दिपक गजुरेलले ओली अगाडी अन्य नेताको केही डेग नचल्ने बताउनु भयो । उनले देशलाई भड्खालोमा हालेको प्रतिक्रिया छ । पार्टीले भन्दा अगाडी ओलीले कारबाही गरिसकेका छन्, उहाँले भन्नुभयो । यो कारबाहीको कुरा यो त लगनपछिको पोते भयो ।

प्रकाशित मिति : ५ पुस २०७७ आइतबार ००:००  १ : ३३ बजे