९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

BREAKING – २३ वैशाखमा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

प्रकाशित मिति : ५ पुस २०७७ आइतबार ००:००  १२ : ३५ बजे