काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकबाट प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन् ।
तर प्रधानमन्त्रीले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने विषयमा संविधानमा भने स्पष्ट व्यवस्था छैन ।
अहिले प्रधानमन्त्रीले संविधानको धारा ७६ को मन्त्रिपरिषद गठनसम्बन्धी धारामा टेकेर संसद विघटनको सिफारिस गरेको देखिन्छ ।
तर संविधानको धारा ७६ को उपधारा ७ मा ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनको मिति तोक्नेछ,’ भन्ने उल्लेख छ ।
तर संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकाल भनेर ‘यस संविधान बमोजिम अगाबै विघटन भएको बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भनिएको छ ।
प्रतिक्रिया