९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अन्ततः संसद् विघटनको सिफारिस



काठमाडौं ।
मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रपतिसमक्ष संसद् विघटन गर्ने सिफारिस गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

गत मंगलबार सरकारले मन्त्रिहरुलाई समेत जानकारी नदिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसद भीम रावल र पम्फा भुसाल निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७७ आइतबार ००:००  १० : ५० बजे