९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मानव बेचबिखन सम्बन्धि वडास्तरीय अभिमुखीकरण



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणका लागि वडास्तरीय अभिमुखीकरण गरिएको छ ।

माइती नेपालको समन्वयमा नगरपालिकाद्धारा आयोेजित कार्यक्रममा नगरपालिकामा रहेका १० वटै वडाबाट प्रतिनिधित्व रहेको थियो । अभिमुखीकरण दुई दिनसम्म सञ्चालन भएको थियो । दुई सिफ्टमा सम्पन्न गरिएको थियो ।

सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि नगरपालिकाले ठोस कदम चाल्ने बताए । उनले मानव बेचबिखन नियन्त्रणका लागि सबैको साझा प्रयास जरुरी रहेको बताए ।

मानव बेचबिखन नियन्त्रणका लागि कडा कानुन सहित गाउँ गाउँमा सचेतना कार्यक्रम संचालन गर्नुपर्ने बताए । अभिमुखीकरणमा मानव बेचबिखनको समस्या, समाधानका उपाय, चुनौती लगायतका बिषयमा चर्चा गरिएको थियो ।

कार्यक्रममा मानव बेचबिचन नियन्त्रणका लागि गरिने कार्यक्रम तथा कार्ययोजना समेत निर्माण गरिएको थियो । कार्यक्रम संयोजक माया क्षेत्रीले मानव बेचबिखनका नियन्त्रणका लागि पालिकासंग सहकार्य गरेर कार्य अघि बढाउन कार्यक्रम गरिएको बताईन ।

कार्यक्रममा राम तिवारी र कृष्ण प्रसाद पौडेलले सहजिकरण गरेका थिए । प्रत्येक वडाबाट ६ जनाका दरले जनप्रतिनिधिहरुको सहभागीता थियो ।

प्रकाशित मिति : ४ पुस २०७७ शनिबार ००:००  ७ : २१ बजे