९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मनकामना गुरुकुलम् नन्दनगरमा लायन्स क्लव बुटवलले गर्‍यो यति धेरै सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।

कपिलवस्तुकै प्रख्यात धार्मिक स्थल मनकामना संस्कृत विद्यापीठ गुरुकुलम्लाई लायन्स क्लव अफ बुटवलले ठुलो सहयोग गरेको छ । यो कठ्याङ्ग्रिदो जाडोमा गुरुकुलम्मा अध्ययनरत बटुकहरुलाई कुनै समस्या नहोओस् भन्नको लागि क्लोथ बैङ्क अन्तर्गत १ सय २० थान स्कुल स्विटर, टोपी, कपडा, वितरण गरिएको हो ।

ब्रहम्हनिष्ट, तत्वदर्शी १००८ स्वामी लोकानन्द महाराज ज्यूको पहलमा ती सामग्री आश्रममा आएका हुन् । आश्रममा शनिबार भव्य कार्यक्रमको आयोजना गरी जाडोका न्यानो सामान बाँडिएको गुरुकुलमका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै वडा नम्बर २ नन्दनगरका अति विपन्न विद्यार्थीहरु (१५०) लाई पनि न्यानो कपडा बाँडिएको क्लवका अध्यक्ष मिश्रा श्रेष्ठले बताउनु भयो । आफूहरु लामो समयदेखि सामाजिक सेवामा रहेको हुँदा सोही सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो पवित्र ठाउँमा सहयोग गर्न पाउँदा ज्यादै खुसी लागेको प्रतिक्रिया छ ।

साथै क्लवले शनिबारको भण्डारा लगाएको छ भने १५ हजार बराबरको अक्षय कोष पनि स्थापना गरेको छ । कार्यक्रममा लायन्स आरपी, सल्लाहाकार लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता थियो । लक्ष्मी श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा गुरु युवराज बेलबासे लगायतको सहभागिता थियो ।

साथै शनिबार नै क्लवले हंगर रिलिफ अन्तर्गत गुरुकुलमका विद्यार्थी तथा कर्मचारीको निशुल्क आँखा जाँच पनि गरेको छ ।

No description available.

पछिल्लो समय गुरुकुलममा धेरैको आकर्षण बढेको बताउँदै छिटै प्रदेश ५ कै सबैभन्दा उत्कृष्ट र सुन्दर गुरुकुलम् बनाइने स्वामी लोकानन्द महाराजले बताउनु भयो । साथै अब नन्दनगरमा चाँडै पशुपतिमा जसरी आरत गर्ने काम पनि सुरु हुन लागेको उहाँको भनाई छ ।

No description available.

प्रकाशित मिति : ४ पुस २०७७ शनिबार ००:००  ७ : २७ बजे