मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ४ स्थित पिपरीमा अपांगता भएका ब्यक्तिहरुको नेतृत्व विकास तालिमसंगै सामग्री प्रदान गरिएको छ ।
वडा कार्यालयको सहयोगमा लुम्बिनी अपाङ्गता विकास केन्द्र कपिलवस्तुले अपाङ्गता भएकालाई नेतृत्व विकास तालिमसंगै सहायक सामग्री वितरण पनि गरेको हो ।
कार्यक्रममा सेतो छडी ५ जनालाई बाकर एक, बैशाखी एक वटा, स्टेलस ब्रेल पेपर १ जनालाई प्रदान गरिएको थियो ।
कार्यवाहक वडाध्यक्ष रामरक्षा यादवले सो सामग्री हस्तान्तरण गर्दै वडाले फरक क्षमता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राखेको बताए । उनले आगमी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गरिने बताए ।
सो अवसरमा अपांगका अगुवा देबी राम पोख्रेलले अपांगता भएका ब्यक्तिहरुलाई दया नभई अधिकार सहितको अवसर दिनु पर्ने बताए । केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले अपांगता भएका ब्यक्तिहरुलाई सबैले अवसर दिनु पर्ने बताए ।
उनले अवसर र अधिकार दिए हौसला बढ्ने बताए । कार्यक्रम चौरसियाको अध्यक्षता र सुचिता श्रीवास्तवको संचालनमा भएको थियो ।
प्रतिक्रिया