मायादेवी अनलाइन, वाणगंगा ।
केहि समय टिभी प्राविधिकमा सक्रिय बनेका कपिलवस्तु वाणगंगाका सुमन थापाको उपचारमा आर्थिक अभाव भएको छ । गत जेष्ठ महिनादेखि खुट्टामा देखिएको सानो घाउबाट क्यान्सर लागे पछि थापाको हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।
२१ बर्षीय सुमनको हाल क्यान्सर लागेको घुँडाभन्दा तलको दायाँ खुट्टाको भाग काटेर फालिएको पारिवारिक स्रोतले जनाएको छ । भारत लगायत नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि घाउ निको नभएपछि अन्नतः उनमा क्यान्सर देखिएको थियो ।
महिनौंसम्म अस्पतालमा बस्नु पर्दा २० लाख भन्दा बढी रकम खर्च भैसकेको छ । थापालाई पूर्णतया सन्चो भैसकेको छैन् । छातीमा पनि संक्रमण देखिएको जनाइएको छ ।
छिमेकी जानकी न्यौपानेका अनुसार थापालाई किमो चढाइरहनु पर्छ । आगामी बैशाखसम्म किमो चढाउनुपर्दा अझै लाखौं रकम खर्च हुने देखिएको छ । भएको सम्पत्ती उपचारमै सकेको थापा परिवारलाई अहिले उपचार कसरी गर्ने हो समस्या देखिएको छ । निम्न बर्गको यो परिवारमा ब्रजपात परेको कारण आफु सक्दो सहयोग गरी थापालाई बचाउन उहाँले अपिल गर्नुभएको छ ।
थापा स्नातक प्रथम बर्षमा अध्ययनरत थिए । व्यवस्थापन संकायमा पढ्दै गरेका उनी जेहेन्दार विद्यार्थी हुन् भने कक्षामा सधै प्रथम स्थानमा आउने गर्थे । विद्यालय पढ्दै गर्दा बुद्धआवाज टेलिभिजनमा करिब दुई बर्ष उनी प्राविधिकको रुपमा काम गरेका थिए ।
बुवा बैदेशिक रोजगारीमा रहेको भएपनि छोरा विरामी भएसंगै नेपाल आउनुभएको थियो । कमाई गर्ने घरमा अरु कोहि नहुँदा चरम आर्थिक अभाव देखिएको हो ।
थापाको खुट्टामा सानो घाउँ थियो । घाउँ सामान्य त हो स्थानीय अस्पतालमा उपचार गराएर सञ्चो होला भन्ने ठानेका उनीलाई क्यान्सर जस्तो घातक रोग देखिएको हो ।
थापाको उपचारमा सहयोग गर्ने मनहरुले निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ भने रेडियो मायादेवीसंग पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
जानकी न्यौपाने
९८४७०८२७४०
कुशल थापा
९८११४५०६२१
रेडियो मायादेवी
०७६–५५०३५९
प्रतिक्रिया