मायादेवी अनलाइन, चन्द्रौटा ।
नयाँ प्रविधिको अधिकतम प्रयोग गर्दै सेवालाई भरपर्दो, चुस्त र पारदर्शी बनाउने उद्देश्यले मालपोत कार्यालय चन्द्रौटामा अनलाइन सेवा सन्चालनमा आएको छ ।
भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको निती अनुरुप अब जग्गाको कुनै पनि काम गर्दा सेवाग्राहीलाई भरपर्दो, चुस्त र पारदर्शी रुपमा सेवासुविधा दिने उद्देश्यले अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो ।
अनलाइन प्रविधिबाट सबै काम हुने भएपछि सुरक्षाको चिन्ता नहुने, अर्काको जग्गा अर्कैले किनबेच गर्न नसक्ने, सिसी क्यामेरामार्फत केन्द्रबाट नै कार्यालयको अनुगमन गर्न सकिने, एसएमएस सुविधा प्राप्त हुने जस्ता व्यवस्थाले सेवाग्राहीलाई प्रत्यक्ष फाइदा पुग्ने मालपोतका अधिकारीको दावी छ ।
कर्मचारी अभ्यस्त नहुनु, विद्युतीय र इन्टरनेटमा आउने अवरोध जस्ता कारणले सुरुमा केही अप्ठ्यारो भए पनि समग्रमा यसले व्यवस्थित र भरपर्दो सेवा दिने भएकाले अनलाइन सेवा सञ्चालनमा ल्याइएको मालपोत कार्यालय चन्द्रौटाका अधिकृत टिकाराम पौडेलले बताउनुभयो ।
प्रतिक्रिया