मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा ५० भन्दा बढी सक्रिय कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । विभिन्न पार्टीमा राजनीति गर्दै आएका यी कार्यकर्ताहरु नेकपाले गरेको विकास र सिद्धान्त राम्रो लागेर पार्टी प्रवेश गरेका हुन् ।
स्थानीय राज कुमार यादवसंगै ५० भन्दा बढी नेकपामा पार्टी प्रवेश गरेको वडा कमिटी सदस्य अनुरुद्ध सापकोटाले बताउनुभयो ।
नवप्रवेशीलाई नेकपाका जिल्ला नेता तथा शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी र लुम्बिनी प्रदेश सांसद अजुर्न केसी लगायतले फूल माला र अविर लगाएर पार्टीमा प्रवेश गराउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेता अधिकारीले नेकपा नेतृत्वको सरकारले विकासको मूल फुटाएको बताउनुभयो । इतिहासमा सबैभन्दा राम्रो काम अहिलेको सरकारले गरेको भन्दै अब चाडै यस क्षेत्रमा रहेका सुकुम्वासीहरुको समस्या समाधान गर्ने बताउनुभयो ।
शिवराजलाई नेकपामय बनाउन सबैको योग्दान रहेको उल्लेख गर्दै अझ पार्टी भित्र नवप्रवेशीलाई प्रवेश गराई शक्तिशाली बनाउन तर्फ नेता तथा कार्यकर्तालाई नेता अधिकारीले निर्देशन दिनुभयो ।
कार्यक्रमका बोल्दै प्रदेश सांसद अर्जुन कुमार केसीले नेकपा पार्टी प्रति विश्वास बढ्दै गएको बताउनुभयो । लुम्बिनी प्रदेशको विकासमा अहिलेको सरकारले उल्लेख्य काम गरेको केसीले चर्चा गर्नुभयो । बर्षौसम्म अगाडी बढ्न नसकेका काम नेकपाले गरेको दाबी गर्नुभयो ।
चन्द्रौटामा प्रदेश सरकारबाट २० करोडको योजना पारेको उल्लेख गर्दै बर्षौ देखि बन्न नसकेको आरटियो सडक निर्माण धमाधम भएको बताउनुभयो । साथै उहाँले चन्द्रौटामै एक सय बेड क्षमताको प्रदेशकै ठूलो सरुवा रोग अस्पताल बन्नु महत्वपूर्ण उपलब्धी रहेको बताउनुभयो ।
नेकपा वडा नं. २ का वडा कमिटी अध्यक्ष राम कृष्ण रेग्मीले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी प्रति आम समुदायको विश्वास बढ्दै गएको बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा नगर कमिटी सचिव जगत पौडेल, नगर कमिटी सचिवालय सदस्य महादेव पोखरेल, शरद अधिकारी, सरोज पौडेल र प्रदेश उर्जा विभाग सदस्य जिवलाल पौडेल, विष्णु हमाल, विष्णु भुसाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भानु खनाल र स्वागत मन्तव्य दिपक खड्काले दिनुभएको थियो ।
प्रतिक्रिया