९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधानमन्त्री ओली गृहमन्त्री भेट्न पुल्चोक पुगे



काठमाडौँ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुग्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको थियो । एक घण्टा वार्ता गरेर ओली खुमलटारबाट १२ बजे बाहिरिनुभएको थियो ।

ओली–प्रचण्ड भेटवार्ता भइरहँदा उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुग्नुभएको थियो । केही समय तीनजना नेताबीच छलफल भएको थियो । भेटवार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति : ४ पुस २०७७ शनिबार ००:००  १ : ०३ बजे