९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सिक्टा सिँचाइमा १४ अर्ब लागत र ७ वर्ष समय थप्ने तयारी



नेपालगञ्ज ।
लक्ष्यअनुसार काम हुन नसक्दा बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको लागत र समय बढ्दै गएको छ । दोस्रो पटक गुरु योजना संशोधन गरेर थप १४ अर्ब लागत र ७ वर्ष समय बढाउने तयारी गरिएको छ ।

सिँचाई मन्त्री वर्षमान पुनसहित सिँचाइ विभागका उच्च अधिकारी, बाँकेका जनप्रतिनिधि र सिक्टा सिचाइका उपभोक्ताबीच हालै नेपालगञ्जमा आयोजना गरिएको अन्रक्रिया कार्यक्रममा सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाले दोस्रो पटक गुरु योजना संशोधन गर्ने तयारी भई रहेको जानकारी दिएका छन् ।

बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले १४ वर्षअघि सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको थियो । आयोजना सुरु गर्दा १२ अर्ब ८० करोडको लागतमा २०७० को माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो ।

लक्ष्यअनुसार काम हुन नसकेपछि २०७१ सालमा पहिलो पटक गुरु योजना संशोधन गरेर १२ अर्ब ८० करोड लागत बढाएर करिब २५ अर्ब २ करोड पु¥याइयो ।

त्यसैगरी निर्माण सम्पन्न गर्ने समय ६ वर्ष थपेर आर्थिक वर्ष ०७६/०७७ सम्म पूरा गर्ने लक्ष्य राखियो । पहिलो पटक संशोधन गरिएको गुरु योजनाअनुसार काम हुन सकेन। निर्माण सम्पन्न हुनुपर्ने समय सम्म आइपुग्दा थप थप ४ अर्ब २० करोड खर्च भएर लागत १७ अर्ब पुगे पनि काम भने करिब ६५ प्रतिशत मात्रै काम पूरा भयो ।

त्यसपछि दोस्रोपटक गुरु योजना संशोधन गरेर ३९ अर्बको लागतमा ०८५/०८६ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रस्ताबित दोस्रो गुरुयोजना पास हुने अन्तिम चरणमा पुगको छ ।

प्रकाशित मिति : ३ पुस २०७७ शुक्रबार ००:००  ९ : २६ बजे