९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अध्यादेश फिर्ता नभए थप एक कदम अघि बढाउने प्रचण्डको चेतावनी



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता नभए थप कदम अघि बढाउने बताउनुभएको छ ।

पेरिसडाँडामा आफूपक्षका नेताहरूको भेलामा अध्यक्ष प्रचण्डले अध्यादेश फिर्ता गर्ने सहमति शीर्ष तहमा भएर स्थायी कमिटीबाट निर्णय र निर्देशन भइसक्दा समेत ओलीले आलटाल गरिरहनुले गलत सन्देश गइरहेको बताउनुभयो ।

ओलीले पार्टी विभाजन गर्ने योजनासहित एकपछि अर्को कदम चालिरहेको भन्दै उहाँले तत्काल यसलाई नियन्त्रण नगरिए ठूलो दुर्घटनामा फस्ने बताउनुभयो ।

पेरिसडाँडा भेलामा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरू सहभागी भएका थिए । अध्यादेश फिर्ता नभए विशेष अधिवेशनको माग फेरि ब्यूँतिने र संसद्बाटै निकास खोजिनुपर्ने प्रचण्ड–नेपाल निकट नेताहरूको भनाइ छ ।

गएको बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन लगाउने र संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा निवेदन दर्ता नगर्ने सहमति गरेको थियो ।

सहमतिको भोलिपल्ट नै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति उल्लङ्घन गरेको प्रचण्ड–माधव नेपाल पक्षको आरोप छ । ओलीले अध्यादेश फिर्ता नहुँदै भोलिपल्ट अर्थात् बिहीबार ९हिजो० संवैधानिक परिषद् बैठक बोलाउनु भएसँगै नेकपाभित्रको विवाद झनै पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७ शुक्रबार ००:००  ६ : ५३ बजे