९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

११ जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे ?



काठमाडौँ ।

गृह मन्त्रालयले शुक्रबार ११ जना प्रमुख जिल्ला अधिकारी सिडिओको सरुवा गरेको छ। सहसचिवहरु ढुण्डीप्रसाद निरौला ललितपुरमा, केशवप्रसाद विमली महोत्तरीमा र बासुदेव दाहाल धनकुटामा सरुवा भएका छन् ।

यसैगरी उपसचिव अर्जुनकुमार शर्मा रामेछापमा, कृष्णप्रसाद भण्डारी भोजपुरमा, डोल्पामा माधवप्रसाद ढकाल, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर सिवाकोटी, पाँचथरमा पुण्यप्रसाद ढकाल र तेह्रथुममा जयराज भण्डारीको सरुवा भएको छ । यसैगरि भोजपुरमा बसन्तराज पुरीलाई पठाइएको छ ।

यीमध्ये विमली पछिल्लोपटक पनि सिडिओ नै थिए । उनी धनकुटाका प्रमुख जिल्ला अधिकारी थिए ।

प्रकाशित मिति : ३ पुस २०७७ शुक्रबार ००:००  ३ : ५६ बजे