मायादेवी अनलाइन, जितपुर ।
जाडो एक्कासी बढेसंगै कपिलवस्तुबासी आगोको साहारा लिन थालेका छन् । पुस महिना सुरु भएसंगै कपिलवस्तु सहितका तराइका जिल्लामा दिनप्रतिदिन जाडो बढ्न थालेको छ । विहानैबाट लाग्ने हुस्सुका कारण घाम देखिन छाडेपछि जनजीवन पनि प्रभावित भएको छ । आज जिल्लामा बिहानै बाट हुस्सु लागेको छ भने सर्वसाधरण चोकचोकमा आगो ताप्दै बसेका छन् । बाक्लो हुस्सुका कारण सर्वसाधरणको जनजीवन प्रभाबित भएको छ भने बाक्लो हुस्सु लाग्दा सवारी आवागमनमा पनि असहज भएको छ ।
जसका कारण बालबालिका, वृद्धवृद्धा र मजदुरहरु यसको मारमा परेका छन् । काठमाण्डौसहित देशभर नै चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ ।
अरु ठाउँको न्यूनतम तापक्रम पनि बिस्तारै घट्दै गएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । तापक्रम अझै घट्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो ।
प्रतिक्रिया