एजेन्सी ।
डोपिङ काण्डमा मुछिएको रुसले आगामी दुई वर्षको मुख्य खेल प्रतियोगिता गुमाउने भएको छ ।
विश्व खेलकुदको सर्वोच्च न्यायिक संस्था ९कास०ले रुसमाथि लागेको चार वर्षको प्रतिबन्धलाई दुई वर्षमा झारिएको छ । तर पनि कासको निर्णय अनुसार रुसले दुई वर्ष मुख्य खेल स्पर्धामा सहभागी हुन पाउने छैन ।
ब्मक दथ ब्मःबलब।लभत
प्रतिबन्ध अनुसार रुसले जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिक र सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल समेत गुमाउनेछ ।
विश्वको एन्टी डोपिङ एजेन्सीले प्रारम्भिक रुपमा रुसलाई चार वर्षको प्रतिबन्धको प्रस्ताव गरेको थियो । तर कासको पछिल्लो निर्णयले प्रतिबन्धलाई दुई वर्ष घटाएको हो ।
कासको निर्णयसंगै रुसमाथिको प्रतिबन्ध सन् २०२२ को डिसेम्बर १६ सम्म लाग्नेछ । रुसले बेईजिङमा फेब्रुअरीमा हुने विन्टर ओलम्पिक समेत खेल्न पाउने छैन ।
रुसले अर्को वर्ष हुने युरोकपमा भने सहभागी हुन सक्नेछ । यस वर्ष हुने प्रतियोगिता कोरोनाको संक्रमणका कारण अर्को वर्ष सरेको छ । युरोपेली क्लब फुटबलको सर्वोच्च संस्था ९यूईएफए०लाई मुख्य खेल संस्थाको रुपमा एन्टी डोपिङ एजेन्सीले परिभाषित गरिएको छैन ।
प्रतिबन्धको अवधिमा रुसले अन्तराष्ट्रिय खेल स्पर्धा समेत आयोजना गर्न पाउने छैन । डोपिङमा नपरेका रुसी खेलाडीले भने तटस्थ झण्डामा ओलम्पिकमा सहभागीता जनाउन पाउने छन् ।
करिब १ सय ६८ एथ्लेटिक्सका खेलाडीले सन् २०१८ को विन्डर ओलम्पिकमा तटस्थ झण्डा मुनी खेलेका थिए । रुसलाई सन् २०१५ देखि एथ्लेटिक्सको प्रतियोगितामा प्रतिबन्ध गरिएको हो ।
प्रतिक्रिया