काठमाडौं ।
सर्वोच्च अदालतले मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तह ९पिजी०को एकीकृत प्रवेश परीक्षा पुस १८ गतेबाट सुरु हुने भएको छ । बिहीबार अर्थात आज चिकित्सा शिक्षा आयोग सूचना जारी गर्दै पुस १८, १९ र २० गते पिजीको एकीकृत प्रवेश परीक्षा संचालन गर्ने जानकारी दिएको हो ।
यसअघि आयोगले असोज २७, २८ र २९ गते परीक्षा संचालन गर्ने निर्णय गरेपनि सर्वोच्च अदालतले असोज २२ गतेको अन्तरिम आदेश जारी गरेपछि परीक्षा स्थगित भएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए ।
कोरोना भाइरस संक्रमित परीक्षार्थीका लागि परीक्षा केन्द्रमा छुट्टै व्यवस्था गरिने उनले बताए । यस्तै एमडिएस, एमफार्म, एमएससी, एमपीएस, एमएससी एमआइटी, एमएससी क्लिनिकलरमेडिकल बायोकेमिस्ट्री लगाएतका परीक्षा भने पुस २० गते हुनेछ ।
प्रतिक्रिया