गुल्मी ।
राष्ट्रिय परिचय पत्रका लागि गुल्मीमा ४३ हजार बढीको विवरण दर्ता भएको छ । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्य सम्पन्न हुँदा ४३ हजार २९४ जनाको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिविरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता संकलन कार्यलाई तीव्र पारिएको छ ।
जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएकोसम्पन्न भएका जसअनुसार गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९०५ जनाको विवरण दर्ता संकलन गरिएको छ ।
त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जनाको विवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थी जानकारी दिए । मदाने गाउँपालिकामा ९ हजार ७८० जनाको संकलन गरिएको छ ।
त्यस्तै छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको विवरण दर्ता संकलन गरिएको छ । जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा विवरण दर्ता कार्य सुरु भएको छ ।
प्रतिक्रिया