९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गुल्मीमा प्याराग्लाइडिङको सम्भावना



गुल्मी ।
गुल्मीको मदाने र मालिका गाउँपालिकाका दुई स्थान प्याराग्लाइडिङ उडानको लागि उपयुक्त मानिएको छ । यी ठाउँमा हालै मात्र प्याराग्लाइडिङको सफल परिक्षण भएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले मालिका गाउँपालिका ४ को देउराली र मदाने गाउँपालिका २ को कसुरेडाँडामा प्याराग्लाइडिङको परिक्षण गरेको हो ।

स्काई बर्ड प्याराग्लाइडिङ पोखराका पाइलट भुवन गाहाले आफुले परिक्षण गरेका मदाने र मालिकाका दुवै स्थान व्यावसायीक उडानका दृष्टिले महत्वपूर्ण भएको बताए । दुवै स्थान लामो र छोटो दुरीको प्याराग्लाइडिङका लागि राम्रो भएकाले अहिले छोटो दुरीबाटै उडान गर्न सुझाव दिए । उनले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकाले कसुरेडाँडा र देउराली संराङकोटभन्दा राम्रो भएको बताए ।

प्रकाशित मिति : २ पुस २०७७ बिहिबार ००:००  ९ : ३० बजे