एजेन्सी ।
प्रिमियर लिग फुटबलमा आज (बिहिबार) राति दुई खेल हुदैछ ।म्यान्चेष्टर युनाईटेड सेभिल्ड युनाईटेडको भ्रमणमा निस्कदा एस्टनभिल्लाले बर्नलीलाई आतिथ्यता प्रदान गर्नेछ ।
नेपाली समय अनुसार मध्य रातमा सुरु हुने पहिलो खेलमा एस्टन भिल्ला र बर्नली पौने १२ बजे भिड्नेछन् । सेभिल्ड र म्यान्चेष्टर युनाईटेड पौने २ बजे आमने सामना हुनेछन् ।
पहिलो खेलमा एस्टन भिल्लाका मिडफिल्डर रोस बर्कली चोट मुक्त हुँदै मैदान फर्किन सक्ने सम्भावना छ । सोही चोट बोकेका ट्रेजेगेट समेत टिम बाहिर रहनेछन् । त्यस्तै ड्युगलस लुईज र माटी केसले एक खेलको प्रतिबन्धमा हुनेछन् ।
एस्टन भिल्लाका टोम हिटन पहिलो पटक चोट मुक्त हुँदै मैदान फर्कने सम्भावना रहेको छ ।बर्नलीका विङ्गर जोहान बर्ग चोटबाट मुक्त हुँदै मैदान फर्कने कोशिशमा छन् ।
बर्नली जित निकाल्दै रेलिगशेन जोन छाड्न प्रयासरत रहेको छ । ११ औं स्थानको एस्टन भिल्ला भने अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।
अर्को खेलमा तालिकाको पुछारमा रहेको सेफिल्डविरुद्ध म्यान्चेष्टर युनाईटेड उत्रदैछ । सेफिल्डका केन ब्रायन करिब एक महिना मैदान बाहिर रहनेछन् । आईतबार साउथह्याम्टनसंग पराजित खेलमा उनले चोट बोकेका थिए ।
फरवार्ड ओली म्याकबर्नी समेत चोटका कारण म्यान्चेष्टर युनाईटेडविरुद्ध उत्रने सम्भावना कम छ ।
मांशपेशीको चोटका कारण इडिनसन काभानी समेत मैदान उत्रने सम्भावना निकै कम छ । मार्कोस रोजा समेत सेफिल्डविरुद्ध खेल्ने छैनन् । फिल जोन्स आगामी जनवरीसम्म फिट हुने छैनन् ।
सेफिल्ड युनाईटेडले १२ खेलको समाप्तीमा मात्र एक अंक जोडेको छ । युनाईटेड जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ ।
प्रतिक्रिया