मायादेवी अनलाइन, वाणगंगा ।
लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले नागरिकले गुनासो गर्ने अवस्था नआउने गरी आफ्नो काम कर्तव्य पूरा गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
कपिलवस्तुमा विहीबार आयोजित जिल्लाका सुरक्षा प्रमुखको गोष्ठीमा बोल्दै मन्त्री केसीले नागरिकले सुरक्षासँगका सवालमा गुनासो नआउने गरि काम कर्तव्य पुरा गर्न निर्देशन दिनुभएको छ ।
खुल्ला सिमानाका कारण चोरी तस्करी, हत्या बलात्कार तराईका जिल्लामा वर्षौ देखि समस्या रुपमा रहेकाले यसको न्युनिकरणमा थप चनाखो हुनुपर्ने उहाँको भनाइ छ ।
प्रदेश सरकार प्रहरी लगायतका नयाँ ऐन कानुन बनाउन लागि परेको बताउँदै केन्द्र र प्रदेश बीच समन्वय गरि छिट्टै ल्याउने दावी गर्नुभयो ।
तराईका अन्य जिल्लाका तुलनामा सुरक्षाका हिसावले कपिलवस्तु संवेदनशिल रहेकाले समेत हरेक अवस्थामा चनाखो रहन मन्त्री केसीको सुरक्षा निकायका प्रमुखलाई थप निर्देशन रहेको थियो ।
प्रतिक्रिया