९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सिड्स अन्तर्गत वाणगंगा वडा नम्बर ३, १० र ११ को सार्वजनिक सुनुवाई



मायादेवी अनलाइन, जितपुर ।
सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा संचालित सिड्स कार्यक्रम र वाणगंगा नगरपालिका वडा नम्बर ३, १० र ११ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको हलमा सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा सिद्धार्थका विभिन्न पदाधिकारीको बीच बिहीबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले वडा नम्बर ११ को गत आर्थिक वर्षको वडाको कार्यक्रमबारे जानकारी दिनुभएको थियो । वडा अध्यक्ष अर्यालले कोभिड-१९ का कारण केहि कार्यक्रम प्रभावित भएपनि समग्रमा कार्यक्रमहरु सम्पन्न गरेको बताउनुभयो ।

वडा नम्बर ११ मा जिल्लाकै ठूलो कवर्ड हल निर्माण गरिएको भन्दै विकास निर्माणका काम गर्दै जाने बताउनुभयो । यस्तै वडा नम्बर १० का वडा सचिव अशोक कुमार चौधरीले वडा नम्बर १० ले गत वर्ष सम्पन्न गरेका कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम रौतारले वडा नम्बर ३ ले गत आर्थिक वर्ष सम्पन्न गरेका कार्यक्रमकोबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीले वडा अध्यक्षसंग सम्बन्धित विषयमा विभिन्न जिज्ञासा राखेका थिए भने सहभागीबाट उठेका प्रश्नको वडा नम्बर १० का वडा अध्यक्ष राम बिहारी थारु, ११ का अध्यक्ष सोमनाथ अर्याल र ३ का वडा अध्यक्ष सन्तराम रौतारले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्दका अध्यक्ष तेज प्रसाद आचार्यले सिड्स कार्यक्रम अन्तरगत आगामी वर्ष आयआर्जनमा टेवा पुर्याउने गरी काम गर्ने बताउनुभयो । उहाँले भौतिक बिकासलाई मात्र विकास भन्न नमिल्ने भन्दै सामाजिक तथा ब्यक्तिको सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै सोही कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र अन्तरगत संचालित सिड्स कार्यक्रमका संयोजक आरटी खानले सिड्स परियोजना अन्तरगत यस वर्ष सम्पन्न विभिन्न कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

सिड्स कार्यक्रमका संयोजक खानले यस वर्ष ८५ प्रतिशत कार्यक्रम सम्पन्न भएको बताउनुभयो । कोभिड-१९ का कारण केहि कार्यक्रम प्रभावित भएपनि अहिले भने ति कार्यक्रमलाई निरन्तर संचालन गर्ने गरी लागि परेको उहाले बताउनुभयो ।

स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग अन्तरगत संचालित सिड्स कार्यक्रममा यस वर्ष जम्मा ३ सय ५० वटा कार्यक्रम सम्पन्न गरिएको भन्दै सन २०२३ सम्म करिव १५ सय घरधुरीको जीवन समुन्नत गराउने परियोजनाको लक्ष्य रहेको बताउनुभयो ।

उहाँले यस आर्थिक वर्षमा २० वटा संबाद, ६० वटा स्वालम्बन, बालबगैचा, अभिभावक संवाद, साथी संग मनका कुरा लगाएतका कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्दका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष सूर्य कुमारी शाहीको स्वागत मन्तब्य र सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २ पुस २०७७ बिहिबार ००:००  ६ : १६ बजे