९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

चीनिया यानले चन्द्रमाबाट माटो र ढुंगा लिएर आयो, अरु देश कोरोनामा



विश्वका शक्ति केन्द्र देशहरु कोरोनाको भूमरीमा रुमल्लिरहेका बेला चिनले भने ठुलो सफलता हात पारेको छ । चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको हो । चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्कियो ।

चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी ९सिएनएसए० का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो ।

चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो । तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएको छ । यसअघि अहिलेसम्म अमेरिका र रुसले मात्रै यस्तो गर्न

सकेका थिए । यो अभियान सफल भएसँगै चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल भएको छ ।

प्रकाशित मिति : २ पुस २०७७ बिहिबार ००:००  ८ : ४३ बजे