काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ को निर्णयमा फर्किने सहमति भएको छ । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच यस्तो सहमति भएको हो ।
अध्यक्षद्वयको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी गराइएको छ । भदौ २६ को निर्णयमा फर्किने सहमतिसँगै अध्यक्षद्वयले यसअघि आदानप्रदान भएका आरोपपत्रसमेत फिर्ता लिने भएका छन् । यो सहमतिसँगै नेकपाभित्रको विवाद तत्कालका लागि साम्य भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सहमति लगत्तै बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरी सुरु भएको हो ।
भदौ २६ मा प्रचण्डले पार्टी र ओलीले सरकार सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो।
प्रतिक्रिया