काठमाण्डौ ।
राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोसाक नलगाएको भन्दै जाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरूले पोसाक लगाएकोरनलगाएको सम्बन्धमा जाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक ९डीएसपी० कृष्णप्रसाद अधिकारीले बिहान ९ बजेदेखि नै जाँच गरिएको बताउनुभयो । अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएपछि सचेत गराउन जाँच गरिएको अधिकारीले बताउनुभयो ।
उहाँले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोसाक लगाएकोरनलगाएको जाँच गरिएको बताउनुभयो । अधिकांश कर्मचारीले पोसाक नलगाएको पाइएको पनि उहाँले बताउनुभयो । पोसाक नलगाउने कर्मचारीलाई सचेत गराइ प्रवेश गर्न दिइएको पनि डीएसपी अधिकारीले बताउनुभयो ।
सरकारी कर्मचारीले पोसाक भत्ताबापत रकम लिने तर पोसाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डीएसपी अधिकारीले बताउनुभयो । अबदेखि नियमितरूपमा छड्के जाँच गरिने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया