चितवन ।
राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर सोमपाल कामीले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको परिसरमा रहेको नमुना क्रिकेट मैदानमा खेल्दा युएईको शारजाहामा खेलेको अनुभब भएको बताएका छन् ।
नमुना मैदानमा खेलपछि अनुभव साट्दै सोमपालले छोटो मैदान र फ्ल्याट विकेटका कारण शारजाहमा खेलेको अनुभब गरेको बताए ।
युएईको शारजाह मैदान गौतमबुद्धको नमुना क्रिकेट मैदान हाराहारीमा रहेको उनको दाबी छ ।
’नमुना मैदानमा खेल्दा मैले शारजाहमा खेलेको जस्तो अनुभब गरे । विकेट एकदम चिल्लो , चम्किने विकेट, त्यसैमा मैदान समेत सानो । आईपीएलमा हालसालै हेरेका थियौं, जहाँ मिस हिट समेत छक्का हुन सक्छ । यो मैदान समेत सानो थियो र विकेट समेत त्यस्तै । बलरले गल्ती गर्ने बित्तिकै ब्याट्सम्यानले चार्ज गर्ने मैदान थियो ।’ सोमपालले भने ।
केही महिनाअघि सम्पन्न आईपीएलको एक भेन्युको रुपमा शारजाह पनि समेटिएको थियो । जुन मैदान सानो रहेको थियो । मिसहिट समेत छक्का जान सक्ने थियो ।
निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बाउण्ड्री समेत छोटो थियो ।
चोटका कारण मैदान बाहिर रहेका सोमपाल क्रिकेटमा फर्किन पाउँदा खुसी छन् । लामो समय नेपालको प्रतिनिधित्व गर्न नपाउँदा टिम र क्रिकेटलाई ुमिसु गरेको उनले बताए ।
’चोट लागेको थियो । लामो समय मैदान बाहिर बस्नु पर्यो श्र नेपालको जर्सी लगाएर खेल्न नपाउँदा दुख लागेको थियो । लगातार साढें ५ वर्षदेखि नेपालको प्रतिनिधित्व गर्दा एक्कासी बाहिर रहदाँ नरमाइलो लाग्छ र आफ्नो टिमलाई मिस हुन्छ । अहिले क्रिकेट खेल्न तयार भएको छु । टिमसंग क्याम्पमा छु, त्यसमा खुसी छु ।’ सोमपालले थपे ।
सोमपालले नमुना मैदानमा खेल्दै गर्दा मुख्य अन्तराष्ट्रिय मैदानमा खेल्न आतुर रहेको बताए ।
’यो मैदानमा खेल्न पाउँदा रमाइलो र खुसी लाग्यो । मुख्य रंगशालामा खेल्न निकै आतुर छु । लामो समयपछि क्रिकेट फर्किएको छ, त्यसले अझै खुसी भएको छु । क्रिकेट खेल्न पाउँदा सधै खुसी लाग्छ । अन्त्यमा कसरी खेलाडीले प्रदर्शन गर्यो र कसरी हौसला लग्यो भन्ने महत्व हो ।’ सोमपाल थप्छन्, ’टी–ट्वान्टी फर्म्याट एउटा चुनौती हो । अझ यस्तो छोटो मैदान बलरको लागि कठिन हुन्छ ।’
गौतमबुद्ध कपमार्फत झन्डै एक वर्षपछि नेपालमा घरेलु क्रिकेट फर्किएको छ । गत जनवरीमा मनमोहन मेमोरियल कप प्रतियोगिता खेलेपछि राष्ट्रिय क्रिकेट टिमका खेलाडीले घरेलु प्रतियोगिता खेल्न पाएको थिएनन् । कोरोना माहामरीले थप ९ महिना क्रिकेट गतिबिधि ठप्प बनायो । कोरोनाको कारण तालिकाबद्ध रहेका अधिकांश घरेलु तथा अन्तराष्ट्रिय क्रिकेट गतिविधि स्थगित भएका थिए ।
लामो समय खेलाडीले प्रतिस्पर्धात्मक खेल खेल्न नपाएको भन्दै बागमती प्रदेश क्रिकेट संघले गौतमबुद्ध कप क्रिकेटको आयोजना गरेको हो ।खेलपाटीबाट
प्रतिक्रिया