१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

देशभर चिसो बढ्दै, काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीसम्म पुग्यो



काठमाडौं ।
हाल देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल प्रदेश २, बागमती प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

बुधबार प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ । तराईका अधिकांश भू–भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

बिहीबार देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार पनि देशको पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम गिर्दो क्रममा रहेको छ । काठमाडौँको अधिकतम तापक्रम १९।२ डिग्री सेल्सियस रह्यो भने न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा चिसो जुम्ला रहेको छ । त्यहाँ न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म पुगेको छ । त्यस्तै जिरीमा न्यूनतम तापक्रम माइनस २।५ डिग्री तथा जोमसोममा माइनस २ डिग्री सेल्सियस पुगेको छ ।

प्रकाशित मिति : १ पुस २०७७ बुधबार ००:००  ९ : ११ बजे