मायादेवी अनलाइन, वाणगंगा ।
सिटिईभिटिबाट सम्बन्धन प्राप्त विभिन्न सीपमूलक निशुल्क व्यवसायिक तालिमको कपिलवस्तुको चारनम्बरमा उद्घाटन गरिएको छ ।
चार नम्बरस्थित सिद्धार्थ इन्स्टिच्युट र बुद्ध प्रोफेशनल एकेडेमी प्रा.लि.मा सञ्चालन हुने उक्त तालिमको मंगलबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थी, वडा नं. १ की वडाध्यक्ष बालकुमारी पन्त र वाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिम बहादुर जिसी लगायतले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा सांसद पन्थीले सिप सिकेर आत्मनिर्भर बन्नु नै सबैभन्दा ठूलो उपलब्धी हुने भन्दै सम्पुर्णलाई ध्यान दिएर तालिम लिन आग्रह गर्नुभयो । निश्चित समयमा तालिममा सिकेर केही नहुने भन्दै सिकेका कुरालाई व्यवहारमा उतारी उत्पादनशिल बन्न आग्रह गर्नुभयो ।
शिक्षा शाखा अधिृकत जिसीले प्रशिक्षार्थीलाई तालिममा मात्र सिमित गराउने प्रचलन रहेको भन्दै तालिमसंगै व्यवहारीक सीप दिन आग्रह गर्नुभयो ।
वडाध्यक्ष पन्तले पुरुषको तुलनामा महिला पछाडि परेकाले अब महिलाहरु पनि आत्मनिर्भर बन्न आवश्यक रहेकोमा जोड दिनुभयो । व्यवसायीक तालिममा वडाको तर्फबाट पनि सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिटिइभिटिद्धारा सम्बन्धन प्राप्त व्यवसाय विकास तथा परामर्श केन्द्र प्रालिद्धारा सञ्चालित निशुल्क तालिममा मन्टेश्वरी, ब्युटीसीयन, टेलरीङ्ख, कम्प्युटर अप्रेटर, डल कुशन, रानीहार बनाउने तालिम रहेको सिद्धार्थ इन्स्टिच्युटका सञ्चालक सुशील खत्रीले जानकारी दिनुभयो ।
तालिममा अरु संस्थाले भन्दा कम शुल्क लिने र केही तालिमहरु निशुल्क रुपमा सञ्चालन गरिने भन्दै ईच्छुकलाई फारम भर्न सञ्चालक खत्रीले आग्रह गर्नुभएको छ ।
विगत देखिनै सिद्धार्थ इन्स्टिच्युटले निःशुल्क रुपमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको जनाउदै उहाँले दत्तचित्त भएर तालिम लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा कम्प्युटर अप्रेटर सम्बन्धि तालिमबारे बुद्ध प्रोफेशनल एकेडेमी प्रालिका सञ्चालक जिवराज भट्टराईले परामर्श दिर्नुभएको थियो ।
तालिममा राम्रो गरी सिके मासिक २० हजार कमाउन कुनै समस्या नहुने अर्का सञ्चालक लक्ष्मण सापकोटाले जनाउनुभयो । सीप विना गरिने कामको कुनै अर्थ नहुने भन्दै सीप सिकेर आत्मनिर्भर बन्न उहाँले आग्रह गर्नुभयो ।
मन्टेश्वरी तालिममा शिक्षिका लक्ष्मी पोख्रेल, ब्युटीसियन तर्फ चित्रा पौडेल, टेलरिङ तर्फ अनु चौधरी, डलकुशन तर्फ शितल लुइटेलले प्रशिक्षण दिने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया