९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गुल्मी र पाल्पामा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु



गुल्मी ।
कोरोना संक्रमणका कारण गुल्मीमा थप एक जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–१ का ३६ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार क्रममा मंगलबार बिहान करिब ८ बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनाल जानकारी दिए ।

मंसिर २५ गते उपचारका लागि गएका उनमा २६ गते कोरोना पोजेटिभ देखिएको थियो । आइसियुमा राखेर उनको उपचार भइरहेको थियो योसँगै गुल्मीमा कोरोनाबाट निधन हुनेको संख्या १३ पुगेको छ ।

यता तानसेन नगरपालिका–१३ की ६६ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा आइतरबा ती महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक महिलामा श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो । मंसिर २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको र उपचारका क्रममा निधन भएको हो । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७ मंगलबार ००:००  ५ : ४० बजे